उपत्यकामा बितेको २४ घण्टामा ३८८ संक्रमित थपिए



काठमाडौं, भदौ १७ । काठमाडौं उपत्यकामा बुधबार एकै दिन  ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ११ सय  २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै  ३ सय ८८ जना थपिएको मन्त्रालयले जनाएको हो ।

उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५० जना र ललितपुरका २९ जना र भक्तपुरका  ९ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार २४ घन्टामा  १ हजार १ सय १२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका जानकारी दिएका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या २३ हजार  २ सय   ९० रहेको छ। देशभर कुल संक्रमितको सख्या ४१ हजार  ६ सय ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्