कोरोना कहर : यसपालीको सोह्र श्राद्ध पनि इन्टरनेटबाटै



काठमाडौं भदौ १७ ।

सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेकाले सोह्र श्राद्धमा इन्टरनेटको प्रयोग गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर घरमा पण्डित बोलाएर सोह्र श्राद्ध गर्दा कोरोना सर्ने उच्च जोखिम भएकाले इन्टरनेट प्रयोग गरि भिडियो कलमार्फत सोह्रश्राद्ध गर्न भनेको हो।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यो बेला घर घरमा पण्डित बोलाउँदा कोरोना सर्न सक्ने भएकाले सोह्र श्राद्धमा इन्टरनेटको प्रयोग गर्न र यदि घरमै बोलाएर गर्नै परे अनिवार्य भौतिक दूरी २ मिटर बनाउन आग्रह गरेका छन् ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष बुधवारदेखि सुरु भएको छ। अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदा दान र पिण्डदान गरी सोह्र श्राद्ध शुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्र श्राद्धसमेत भन्ने गरिएको हो।

प्रतिक्रिया दिनुहोस्