एकैपटक ४ शिशु जन्माएकी आमाको निधन



जनकपुर भदौ १७ ।

जनकपुरधाम स्थित एक नीजि अस्पतालमा मंगलबार चार बच्चा जन्माएकी एक आमाको बुधबार दिउँसो निधन भएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ स्थित जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति शल्यक्रिया मार्फत एकैपटकमा चार बच्चालाई जन्माएकी थिइन् ।

एकैपटकमा चार वटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था विग्रिएको थियो ।

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए ।

महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्