काठमाडौं उपत्यकामा अब बिहान ११ बजेसम्म पसल खुल्ने, इ–कमर्श सेवा पनि सुचारु



काठमाडौं भदौ १७ ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।
बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्‍याइएको थियो ।

यसअघि दैनिक उपभोग्य वस्तु बिक्री वितरणका लागि सवा ९ बजेसम्म तोकिएकोमा अब बिहान ११ बजेसम्म पाइनेछ । त्यस्तै भारत र नेपालका विभिन्न स्थानबाट निर्माण सामग्री लिएर आउने सवारी साधन उपत्यका प्रवेश गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्