हुम्लाको रोडिकोटमा भीषण आगलागी, १५ घर नष्ट



हुम्ला भदौ १७ । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट बुधबार मध्यराति १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए ।
बेलुकी करिब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ ।

नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन । आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्