पाँच जिल्ला कोरोना संक्रमण मुक्त जिल्ला



काठमाडौं,भदौ १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाँच जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको बताएका छन् । संक्रमण मुक्त रहेका जिल्लामा सोलुखुम्बु,मुस्ताङ , भोजपुर, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुगु रहेको मन्त्रालयले जनाएको छ । यस्तै प्रवक्ता गौतमका अनुसार हालसम्म संक्रमित ४१ हजार ६ सय ४९ जनामध्ये १ सय ४४ जना सघन कक्षमा र १८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रदेश नम्बर १ मा ७ जना , प्रदेश नंं २ मा ३०, वाग्मती प्रदेशमा ६१, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा २० जना सघन कक्षमा उपचाररत छन् भने प्रदेश नंं १ मा एक, वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा ३ जना भेन्टिलेटरमा उपचाररत छन् । संस्थागत आइसोलेसनमा १० हजार ४९३ र होम आइसोसनमा ७ हजार ६१५ जना रहेका छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार १०८ जना र क्यारन्टिनमा छ हजार ७६६ जना छन् ।

हालसम्म १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको बताइएको छ । पाँच सय भन्दा बढी संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्