विश्वभर दुई करोड ६१ लाख ७४ हजार बढी कोरोना संक्रमित



एजेन्सी,भदौ १८ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण एक करोड ६१ लाख बढी संक्रमित बनेका छन् ।

एकै दिन दुई लाख ८२ हजार चार सय ३२ जना संक्रमित थपिएपछि संक्रमित संख्या दुई करोड ६१ लाख ७४ हजार चार सय ८३ पुगेको हो । हालसम्म कोरोनाका कारण आठ लाख ६६ हजार पाँच सय ३६ जनाले ज्यान गुमाइसकेको वल्डो मिटरले जनाएको छ। एकै दिनमा छ हजार दुई सय १२ जनाको मृत्यु भएको हो ।

एक करोड ८४ लाख २४ हजार दुई सय २१ जना उपचारपछि घर फर्किएका छन् । ६८ लाख ८३ हजार सात सय २६ जना उपचाररत रहेकोमा ६० हजार सात सय सात जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्