चितवन मेडिकल कलेजमा उपचाररत संक्रमित महिलाको मृत्यु



चितवन भदौ १८ । कोरोना भाइरस संक्रमित चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्