तहसनहस पार्‍यो बाढीले ढोरपाटन [हेरौं तस्बिरहरु]



बागलुङ भदौ १८ । लगातार वर्षापछि बुधबार मध्यराति आएको बाढी–पहिरोले बागलुङको ढोरपाटन नगरपालिकामा तहसनहस बनाएको छ । स्थानीय धोबीखोलाको बाढी र वडा नम्बर ९ को देउरालीबाट खसेको पहिरोले बुधबार राति सुप्राङ, लाकुरीबोट र दुनेपंधेराका गरी १५ भन्दा बढी घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार दुई जनाको मृत्यु हुनुका साथै आठ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

बुधबार राति १२ बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले बताए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट उद्धार टोली गइरहेको उनले जानकारी दिए । घटनास्थल सदरमुकामदेखि १ सय ३० किलोमिटर पश्चिममा पर्छ । भुजी खोलाका कतिपय पुल जोखिमपूर्ण भएकोले उद्धारमा जानेलाई पनि कठिनाइ रहेको स्थानीयको भनाइ छ ।

तस्बिरहरु सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्