बागलुङ सुकुर्दुङ खोलाको बाढीले बगाएका ६ जनाको शव फेला, अझै १३ बेपत्ता [अपडेट]



बागलुङ भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएका ६ जनाको शव फेला परेको छ । अझै १३ जना बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका अनुसार बाढीले कम्तीमा १० घर बगाएको छ ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै बुधबार राति आएको बाढीले घर बगाउँदा करिब १३ जना सम्पर्कविहीन बनेको उनले बताए ।

बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी न्यौपानेले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्