मच्छिन्द्रनाथको रथ तानिरहेका युवा र प्रहरीबीच झडप,पुल्चोक तनावग्रस्त



काठमाडौं, १८ भदौ ।

निषेधाज्ञा तोडेर युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ ।

रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको बताइएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि आक्रोशित भीडले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । उक्त झडपमा केही प्रहरी घाइते भएका छन्।

निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनाग्रस्त भएको छ। लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएपछि झडपको स्थिति सृजना भएको हो ।

प्रतिक्रिया दिनुहोस्