शिवपुरी गाउँपालिका नुवाकोटले निकाल्यो मेडिकल अधिकृत आवश्यकताको सूचना



नुवाकोट भदौ १८ । जिल्लाको शिवपुरी गाउँ कार्यपालिकाको कार्यालयले करार सेवामा प्राविधिक कर्मचारी माग गरेको छ ।

पालिकाले बिहीबार सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतका लागि २१ दिनभित्र दरखास्त दिन इच्छुक नेपाली नागरिकहरुलाई आव्हान गरेको हो । आवश्यक संख्या एक जना रहेको र परीक्षाको किसिम अन्तर्वार्ता मात्रै तोकिएको छ ।

दरखास्त दिनेले मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा एमबीबीएस वा सो सरह उत्तीर्ण गरेको र २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने लगायत प्रक्रिया पूरा गर्नु पर्ने छ ।

विस्तृतिमा सूचना हेर्नु होला ।

प्रतिक्रिया दिनुहोस्