बागलुङ बाढी पहिरो अपडेट : मृतकको संख्या १३ पुग्यो, केही बेपत्ता



बागलुङ भदौ १८ ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा गएराति आएकोबाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

पहिरोमा परी हराइरहेकामध्ये १३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बेपत्ता हुनेहरुको संख्या समेत थपिएको छ । हराउनेको संख्या ३० देखि ४० जनासम्म हुनसक्ने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

तटीय क्षेत्रमा पहिरोसहित भूजी खोलामा आएको बाढी पस्दा उनीहरु बेपत्ता भएका हुन्। घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको उनले बताए ।

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । हालसम्म चार जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै गएराति आएको बाढीले बस्तीका घर बगाएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्