नेकपा सचिवालय बैठक सुरु



काठमाडौं भदौ १८ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि नेकपा सचिवालय बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रिय सभा सदस्यमा वामदेव गौतम कि डा. युवराज खतिवडा कसलाई पठाउने भन्नेबारेमा छलफल हुँदैछ ।

त्यसैगरी यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्