नुवाकोटको थानापतिमा भेटिएको शंकास्पद वस्तु मजदुरको लुगाफाटो भएको पुष्टि



बम डिस्पोजल टोलीले तलासको क्रममा मजदुरको लुगाफाटो फेला परेको थियो।

नुवाकोट,भदौ १८। नुवाकोटको थानापतिमा भेटिएको शंकास्पद वस्तु मजदुरको लुगाफाटो भएको पुष्टि भएको छ।

शिवपुरी गाउँपालिका ८ थानापतिस्थित अर्जुन कडेलको घर नजिकै बिहिवार बिहान साइकलमा भेटिएको शंकास्पद वस्तु बम भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्लास्थित  प्रहरीको बम डिस्पोजल टोलीले घटनास्थानमा मजदुरले प्रयोगमा ल्याउने सामग्री र लुगाफाटो फेला पारेको छहरे प्रहरी पोस्टले साझापथलाई जनाएको छ।

साइकलमा रहेकोे मजदुरको लत्ताकपडा

गाउँमा भने अपरिचित ब्यक्तिले बम राखेको हुनसक्ने भन्दै गाउँमा आतंक फैलिएको थियो। यद्यपि थानाभन्ज्याङस्थित होटल थानाभन्ज्याङका नारायण गुरुङले बुधबार बेलुकी दुई महिलापुरुष मादक पदार्थ सेवन गरी साइकल डोहोर्याउदै छहरे तर्फ झरेको साझापथलाई बताए।

गाउँमा ती ब्यक्तिको सामान हुनसक्ने भन्दै गुरुङले नआत्तिन यसअघि नै आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्