काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४४५ संक्रमित थपिए



काठमाडौं,भदौ १८ । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुर ४२ र ललितपुरमा ४६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्