कोरोनाबाट थप ६ जनाको मृत्यु, ९ सय १७ जना डिस्चार्ज



काठमाडौं भदौ १८ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा कोरोनाले थप ६ जनाको मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २५७ पुगेको छ। यो ५६ प्रतिशत हो।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९१७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या भने २४ हजार २०७ पुगेको छ। बिहीबार मात्र १२ सय २८ जनामा कोरोना पुष्टि भएको छ। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३५७, भक्तपुरका ४२ र ललितपुरका ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता गौतमले पुष्टि गरेका हुन्।

१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन्। क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्। मन्त्रालयका अनुसार २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन्।

प्रतिक्रिया दिनुहोस्