रथयात्रामा भएको झडपमा तीनजना पत्रकार घाइते



काठामाडौं भदौ १८ ।

निषेधाज्ञाको उल्लंघन गर्दै रातो मछिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरी र स्थानीय युवाहरुबीच भएको झडपमा तीनजना पत्रकार घाइते भएका छन् ।

उक्त झडपको रिपोर्टिङमा गएका तीन जना पत्रकार घाइते भएका हुन् । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको रथ यात्रा सुरु गर्न बिहीबार बिहानदेखि नै पुल्चोकमा केही युवाहरु जम्मा भएका थिए ।

उनीहरुले त्यहाँ केही समयमै रथ तान्‍न सुरु गरेपछि प्रहरीले उनीहरुलाई रोक लगाएको थियो । प्रहरीले रोक्न खोज्दा युवाहरु आक्रोशित भएर प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

युवाहरुले हानेको ढुंगा लागेर फोटो पत्रकार प्रकाश माथेमा, एपीका निरन्जन श्रेष्ठ र अन्‍नपुर्ण पोष्टका सुनिता डंगोल घाइते भएको छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्