राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णय



काठमाडौं भदौ १८ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ ।

बिहिवार सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कार्यदलको प्रतिवेदनमाथि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाइ सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय पनि भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्