हिमालय एअरलाइन्सको भाडादर सार्वजनिक



काठमाडौं भदौ १८ ।

हिमालय एअरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ ।
सेप्टेम्बर १ तारिखदेखि सरकारको अनुमतिअनुसार सहजै पीसीआर रिपोर्ट पाइने गन्तव्य छोङछिङ, क्वालालम्पुर र आबुधाबीको लागि हिमालय एअरलाइन्सले भाडादर सार्वजनिक गरेको छ ।

यस्तै नियमित उडानको लागि भाडादर सार्वजनिक भएको छ । विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू गरिएको र भाडादर कर र एजेन्सी कमिसनसहितको भएको हिमालय एअरलाइन्सले जनाएको छ ।

यात्रुहरुलाई प्रकाशित भाडामात्र तिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त एअरलाइन्सलाई जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ ।

यस्तो छ नियमित उडानको भाडादर

प्रतिक्रिया दिनुहोस्