पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु



कास्की भदौ १८ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसीयूमा उपचाररत एक संक्रमितको बिहीबार मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ६ निवासी ३७ वर्षीय पुरुषको बिहीबार साँझ ५:५० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार ती पुरुष पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पतालमा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट बिहीबार बिहान रिफर भइ कोभिड १९ उपचार केन्द्रको आइसीयूमा भर्ना भएका थिए । बिहीबार प्रतिष्ठानमा मृत्यु भएका पुरुष आठौं संक्रमित रहेको निर्देशक डा आचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्