धादिङमा हत्या गरी टाउको र खुर्पा बोकी प्रहरीमा आत्मसमर्पण



धादिङ,भदौ १९ । धादिङमा एक युवकले एक बृद्धको हत्या गरेका छन् । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा एक २६ वर्षीय युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरेका हुन ।

बिहिवार साँझ स्थानीय राजु परियारले सोमबहादुर गुरुङलाई खुर्पाले हानेर हत्या गरेका हुन् । घरायसी विवादमा गुरुङको घर अगाडि सडकमा लगेर परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

हत्यापछि युुवक परियारले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि पुगेको जिल्ला प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताए ।

घरायसी सामान्य विवाद हुदाँ खुर्पाले हानेर हत्या गरी राती १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेको रेग्मीले जनाएका छन् ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घरायसी भनिएपनि विवादका कारण भने नखुलेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्