मन्त्रिपरिषद बैठक बस्दै, मन्त्री खतिवडाले राजीनामा दिने



काठमाडौं,भदौ १९। अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने भएका छन ।

राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन। शुक्रबार (आज) बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी भएको बताइएको छ ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्ने तथा हालसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

अर्थमन्त्री खतिवडाको राजिनामासंगै शुक्रबारको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभामा जाने निश्चित भएका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्