समुदायमा कोरोना संक्रमण फैलिएको छैन : स्वास्थ्य मन्त्रालय



काठमाडौं भदौ १९ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिल्यै समुदायमा गइसकेको भन्न नमिल्ने बताएका हुन् ।

शुक्रबार पत्रकारहरुसँग भर्चुअल संवाद गर्दै डा. गौतमले ‘समुदायमा कोरोना फैलिएको भन्ने कुरालाई मन्त्रालयले लुकाएका भनिएको छ तर क्लस्टरमा हो की समुदायमा हो भन्ने विषयमा अध्ययन भइरहेको बताए ।

अहिले वीरगंज, काठमाडौं, सर्लाहीलगायत धेरै केसहरु देखिएको ठाउँमा क्लस्टर केसहरु भएको डा. गौतमको भनाई छ । डा. गौतमले समुदायमा संक्रमण फैलिएको हो कि होइन पत्ता लगाउन सेरो सर्वेक्षण गर्न लागिएको र उक्त सर्बेक्षणबाट मात्रै समुदायको संक्रमणको अवस्था पत्ता लाग्ने बताए ।

साथै मन्त्रालयले यस विषयमा केही कुरा लुकाउन नखोजेको उनले बताए । तर जनस्वास्थ्य विज्ञहरुले भने समुदायमा कोरोना संक्रमण फैलिएको बताउँदै आएका छन् यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन भइरहेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्