तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन: प्रधानमन्त्री ओली



काठमाडौं भदौ १९ ।

प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले मन्त्री फेरिने विषयमा भन्दा मन्त्रालयको काममा तनाव लिनसमेत निर्देशन दिएका एक मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्