रुपन्देहीमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु



रुपन्देही भदौ १९ ।

रुपन्देहीमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सिद्धार्थ नगरपालिका वडा नं ८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका ७ का ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

ती महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

यस्तै बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय वृद्धको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गएको ४ गतेदेखि अस्पतालको सघन उपचार कक्ष आईसीयू मा भर्ना भएका उनलाई ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्