आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ



कञ्चनपुर भदौ १९ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३० वर्षीय एक युवक, आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । 

यौनजन्य हिंसा सहन नसकेर ५८ वर्षीया आमाले छोराबिरुद्ध जबरजस्ती करणी गरेको उजुरी दिइएको प्रहरीले जनाएको छ। आमाले छोराबिरुद्ध मुद्दा दायर गरेपछि ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता, डीएसपी अमरबहादुर थापाले बताए।

सानैमा बाबुको मृत्यु भएपछि आमाले छोरालाई हुर्काएकी थिइन्। श्रीमतीसहित छोराछोरी लगेर भारतमा रोजगारी गर्दै आएका पीडित महिलाका छोरा कोरोनाभाइरस संक्रमणपछि जारी बन्दाबन्दीको समयमा घर आएका थिए।

घर आएदेखि नै छोराले मदिरा सेवन गरेर आफूलाई यौनजन्य हिंसा गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन्। 

प्रतिक्रिया दिनुहोस्