होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत



काठमाडौं भदौ १९ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरदैलो होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

शुक्रवारदेखि उपत्यकाका तीन वटै जिल्लामा होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी स्वीकृत मापदण्ड लागु हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

स्वीकृत मापदण्ड अनुसार होम डेलिभरी सेवा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र सोको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख छ ।

सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने, सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने उल्लेख छ । घर दैलोमा सेवा पु¥याउनेले अनिवार्य रुपमा कम्पनीको लोगो र नामसहित व्यक्तिगत सुरक्षा उपकरण मास्क, फेस सिल्ड र स्यानिटाइजको प्रयोग गरेको हुनुपर्नेछ ।

डेलिभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ । सवारी चार पांग्रे भएमा चालकसहित बढीमा दुई जना र दुई पाङ्ग्रे भएमा एक जना मात्रै हुुनुपर्नेछ । सेवा लिने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर अनिवार्य लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्