काठमाडौंका ३८६ सहित उपत्यकामा ४५४ संक्रमित थपिए



काठमाडौं,भदौ १९। उपत्यकामा बितेको २४ घण्टामा ४५४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३८६ जना र ललितपुरका ३२ जना र भक्तपुरका  ३६ जना रहेका छन् । योसंगै देशभर १३ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ६ सय  ६८ जनाको पिसीआर परिक्षणमा  १३ सय ५९ जनाको रिर्पोट पोजेटिभ देखिएको बताए ।

त्यसैगरी शुक्रबार बितेको २४ घण्टामा १३ सय ५४  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या २५ हजार ५  सय  ६१ रहेको छ । देशभर कुल संक्रमितको सख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्