पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भए



काठमाडौं भदौ १९ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना भाइरसका सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो । एक हजार तीन सय ५४ जना निको भएसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्