नुवाकोटमा कोरोना संक्रमित १०२ पुगे, शुक्रबार थपिएकामा विदुर, पञ्‍चकन्या र शिवपुरीका



नुवाकोट,भदौ १९ । नुवाकोटमा कोरोना संक्रमितको संख्या एक सय दुई पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले शुक्रबार थपिएका ५ जना सहित कुल संक्रमित संख्या १०२ पुगेको जानकारी दिए। यद्यपि जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकमा भने १०१ जना रहेको जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार थप ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए।

जिल्लास्थित शुक्रबार पुष्टि हुनेमा विदुर नगरपालिकाका २ जना,पञ्चकन्याका १ जना,शिवपुरीका १ जना र कन्ट्याक्ट् ट्रेसिङका ठेगाना नखुल्याइएको १ जना रहेका छन। यो संगै नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको बताइएको हो ।

अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्