अर्थमन्त्री खतिवडाद्वारा राजीनामा



काठमाडौ, भदौ १९ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यता अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको सुरुवात गरेको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाइ कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन उनले आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्