थप कार्यभार प्रधानमन्त्री ओलीलाई



काठमाडौँ, भदौ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम शुक्रबारबाटै आफ्नो पदबाट राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यो समाचार नेपाल समाचारपत्रले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्