कोरोनाबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु



रुपन्देही भदौ २० । कोरोनाबाट बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिृ ।

महिला भदौ १७ गते र पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए ।
ज्वरो र श्वासप्रश्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्