ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु



सिरहा,भदौ २० । रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति ८ बजेतिर सिरहा चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका ५ मा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा चौहर्वाबाट सिरहातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता बिनोद घिमिरेले बताए । मृत्यु हुनेमा सिरहा नगरपालिका ५ बस्ने बिसनदेव महतोका १९ वर्षीय छोरा अमलेश महतो र रामवृक्ष सदाका २१ वर्षीय छोरा सुनिल सदा रहेका छन् ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकमा सवार तीनै जनालाई उपचारका लागि लहान पठाइए पनि दुई जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्