अल्का अस्पतालमा कार्यरत एक महिला कर्मचारीको हत्या, शव लेलेको जंगलमा भेटियो



ललितपुर भदौ २० ।

ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत एकजना महिला कर्मचारीको हत्या भएको छ ।

भैंसेपाटी निवासी ३९ वर्षीय गीता केसीको हत्या भएको हो । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ ।

हत्यामा संलग्‍न भएको आशंकामा भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

शनिबार विहान उक्त शव केसीको भएको पुष्टि भएको थियो । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ । घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्