रौतहटमा करेन्ट लागेर बालिकाको ज्यान गयो



रौतहट,भदौ २० । रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ ।

ज्यान जानेमा स्थानिय लक्ष्मी महतोका अन्दाजि ८ वर्षिय छोरी प्रियाका महतो रहेको प्रहरीले जनाएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं—१० श्रीनगरमा शनिबार दिउँसो करिब १२ बजेको समयमा उनको करेन्ट लागेर मृत्यु भएको हो ।

मोटरबाट खेतमा पानि पाटी रहेको अवस्थामा घाँस काटने क्रममा विद्युतको तार हसियाले काटेपछि घटना स्थलमै प्रियाकाको मृत्यु भएको चेतनगर प्रहरी चौकी जानकारी दिएको छ ।

मृतक बालिकाको शव पोष्टमाडमका लागी चन्द्रनिगाहपुर अस्पतालमा पठाईएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्