कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु,मृतकको संख्या २ सय ८० पुग्यो



काठमाडौं भदौ २० ।

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् ।

यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ। यस्तै देशभर शनिबार १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्