उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ संक्रमित थपिए



काठमाडौं, भदौ २० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४  सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर १ हजार ४१  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय ८ जना थपिएका हुन।

काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३२६ जना र ललितपुरका ३७ जना र भक्तपुरका ४५  जना रहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् । उनले १२ हजार  ४ सय   ७३ जनाको पिसीआर परिक्षणमा १ हजार ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिए।

त्यसैगरी बितेको २४ घन्टामा १५६६  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या २७  हजार ४  सय २७ रहेको छ ।

देशभर कुल संक्रमितको सख्या ४५ हजार २  सय ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्