नेसन्स लिग फुटबलमा शनिबार विभिन्न ९ खेलहरु हुँदै



एजेन्सी भदौ २० ।

यूईएफए नेसन्स लिग फुटबलमा शनिबार विभिन्न ९ खेलहरु हुँदैछ ।

नेसन्स लिगमा शनिबार साविक विजेता पोर्चुगल, इंग्ल्यान्ड, फ्रान्स, बेल्जियम, क्रोएसिया लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले क्रोएसियासँग खेल्दै नेसन्स लिगको सुरुवात गर्नेछ ।

पोर्टोमा हुने पोर्चुगल र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा विश्व विजेता फ्रान्सले स्विडेनसँग खेल्नेछ । इंग्ल्यान्डले आइसल्याण्डसँग उसैको मैदानमा खेल्नेछ । यस्तै बेल्जियमले डेनमार्कसँग उसैको मैदानमा खेल्नेछ ।

अन्य खेलमा जर्जियाले स्टोनिया, अजरबैजानले लक्जेमबर्ग, साइप्रसले मोन्टेनेग्रो,जिब्राल्टरले सान मारिनो र नर्थ मेसिडोनियाले अर्मेनियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्