नुवाकोट बन्यो प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियन



काठमाडौं,भदौ २० । प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप-२०७७ नुवाकोट जिल्लाको टिम प्रथम भएको छ । विजेता खेलाडीहरु समीर गुरुङ,दिनेश गुरुङ,निमेष गुरुङ र मनराज गुरुङ भएका छन् ।

दोश्रो स्थान दाङ जिल्लाका चेतन वलि र गोपाल बि.के. र तेस्रो स्थान कास्की जिल्लाका कृतिका गिरि र अन्जना परियार भएका छन् । स्वर्ण पदक प्राप्त गर्ने विजेता खेलाडीहरुलाई नगद रु. दश हजार, रजत पदक प्राप्त गर्नेलाई नगद रु. सात हजार ५ सय र कास्य पदक प्राप्त गर्नेलाई नगद रु. पाँच हजार प्राप्त गर्नेछन्। त्यस्तै सम्पूर्ण विजेता खेलाडीहरुले प्रमाणपत्र र मेडल पनि प्राप्त गर्ने नुवाकोट जिल्ला मार्शलआर्ट्स हाप्किडो संघका अध्यक्ष मनोज गुरुङले बताउनुभयो ।

प्रतियोगितामा सात प्रदेशका विभिन्न जिल्ला हाप्किडो संघ मध्ये ३० जिल्लाका विभिन्न क्लब, स्कुल, डोजाङबाट ८० टिमको सहभागिता रहेको थियो ।प्रतिस्पर्धी खेलाडीहरुको भिडियोलाई निष्पक्ष ढङ्गले निर्णयक, रेफ्री, जजको जिम्मेवारी टेक्निकल कमिटीका प्रमुख तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रिय प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, केन्द्रिय सहायक प्रमुख प्रशिक्षक भुवन बुढा मगर र केन्द्रिय सहायक प्रमुख प्रशिक्षक प्रबिण गुरुङले निर्णय गर्नुभएको थियो ।

प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप -२०७७ को लागि पुरस्कार प्रायोजन हेल्थ एन्ड एजुकेशन नेपालका अध्यक्ष, राजनितिज्ञ तथा समाजसेवी जगत बहादुर लामाले गर्नुभएको थियो। नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको अनुमतिमा भदौ १० बाट १५ गते सम्म आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्