बिनोद चौधरी कोरोना संक्रमणमुक्त



काठमाडौं, भदौ २१ । उद्दोगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै कोरोना संक्रमणमुक्त भएका हुन् ।

शनिबार ट्वीट गर्दै नेपालका एकमात्र अर्बपति चौधरीले आफू दश दिनमा उपचारपछि संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले आफूलई सबैको माया र प्रेरणाले ठूलो ऊर्जा दिएको र कोरोनाको संक्रमणबाट मुक्त भएको उल्लेख गरेका छन् ।

सांसद समेत रहेका चौधरीले भनेका छन्, ‘मैंले जीवनमा तपाईंहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’

प्रतिक्रिया दिनुहोस्