वाग्मती प्रदेशमा शनिबार थपिए ५०६ संक्रमित



काठमाडौं,भदौ २१ । वाग्मती प्रदेशमा थप ५ सय ६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार बितेको २४ घण्टामा अर्थात शनिबार मध्याह्नसम्म प्रदेशमा थप ५ सय ६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यो संगै प्रदेशभर संक्रमितको संख्या १० हजार ५ सय ८६ पुगेको छ ।

यसैगरि प्रदेशमा हालसम्म कोरोनाको कारण ७७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरि प्रदेशमा हालसम्म २ हजार ३ सय ९१ संक्रमित कोरोना मुक्त भएका छन् ।

शनिबार मध्याह्नसम्म को थप तथ्यांक

प्रतिक्रिया दिनुहोस्