नेपालमा ६ जिल्ला कोरोनामुक्त जिल्ला



काठमाडौं,भदौ २१ । नेपालमा कोरोनामुक्त रहेको जिल्ला ६ वटा रहेका छन् ।

कोरोनामुक्त रहेको जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उक्त जिल्लाहरुमा हाल कोरोना संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एकपटक कोरोना देखिएतापनि यी जिल्लामा रहेका संक्रमित निको भएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

यसैगरि नेपालमा हालसम्म २७ हजार १ सय २७ उपचारपछि निको भएका छन् भने २ सय ८० संक्रमितको कारोनाको कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्