शैक्षिक क्यालेन्डर निर्माण गर्न मन्त्री पोखरेलको निर्देशन



काठमाडौं,भदौ २१ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड केन्द्रित क्यालेन्डर निर्माण गर्न सबै विश्वविद्यालयलाई निर्देशन दिएका छन । उनले ६ महिनाभित्र क्यालेन्डर निर्माण गरी सार्वजनिक गर्न निर्देशन दिएका हुन ।

मन्त्रिपरिषद्को बैठक पश्चात् मन्त्रालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले कुनैपनि बहानामा क्यालेन्डर निर्माण नगरी विद्यार्थीलाई अन्योलनमा नपार्न विश्वविद्यालयका उपकुलपतिलाई चेतावनी दिएका छन् ।

समग्र शिक्षाको अवस्थाबारे जानकारी गराउँदै मन्त्री पोखरेलले कोरोनाका कारण करिब ९० लाख विद्यार्थी पठनपाठन चौपट् भएकाले तत्काल वैकल्पिक विधिका माध्यमबाट पठनपाठन सञ्चालन गर्न सबै निकायलाई आग्रह गरे।

उनले भने–‘तत्काल पढाउने वातावरण तयार गर्नुुस्, विद्यार्थीको शैक्षिकसत्र खेर नजाने गरी कार्ययोजना र क्यालेन्डर तयार पार्नुस् ।’

यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्