चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्