सिन्धुपाल्चोक पहिरो पीडितलाई समाजिक बिकास मन्त्री दुलालद्वारा राहत वितरण



राहत सामग्री वितरणका क्रममा ,तस्वीर:एसके डङोल

काठमाडौं,भदौ २१ । सिन्धुपाल्चोकको लिदी पहिरो पीडितलाई समाजिक बिकास मन्त्री युवराज दुलालले राहत वितरण गरेका छन् । गत साउन ३० गते गएको पहिरोमा परि बिस्थापित भइ जुगल गाँउपालिकाको वडा नम्बर १ सेलाङ बासखर्कमा आएर बसेका पीडित परिवारहरुलाई वाग्मती प्रदेशका समाजिक बिकास मन्त्री दुलालले राहत वितरण गरेका हुन ।

होप एयरलाइन्स, होपमिन फ्यामेली तथा विभिन्न व्यक्तिको सहयोग संकलन गरिएको राहत मन्त्री दुलाल मार्फत वितरण गरिएको सामाजिक अभियान्ता एसके डङोलले जनाएका छन् । 

राहत लिएर फर्किदै स्थानीय,तस्वीर:एसके डङोल

स्वास्थ्यकर्मी तथा समाजसेवी वाङचुक राप्तेन लामाको समेत संयोजनमा संकलन राहत सामाग्रीमा चामल २५ केजी, दाल ५ केजी, नुन २ प्याकेट, तेल ४ लिटर, चिनी २ केजी र चिया पत्ती १ प्याकेटका दरले लिदी पहिरो पीडित १७२ घरधुरीलाई वितरण गरिएको हो । राहत वितरण गर्दै मन्त्री दुलालले उपयुक्त बसोबासका लागि पीडितलाई कुन स्थान छनौट गर्ने बारेमा छलफल भैरहेको बताए।

त्यस्तै पीडितलाई तत्काल रोजगारी, स्वास्थ्य,  शिक्षा लगायतको सुविधा प्रदान गर्ने विषयमा समेत प्रदेश सरकारले आवश्यक छलफल अगाडि बढाइरहेको बताए।

पीडित १७२ घरलाई वितरणका लागि लगिएको राहत सामग्री

समाचार सम्बन्धित भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्