पछिल्लो ५ महिनामा ७३ जना सुत्केरीको मृत्यु



काठमाडौं भदौ २१ ।

पछिल्लो ५ महिनामा ७३ जना सुत्केरीको मृत्यु भएको छ ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीका कारण घरमै सुत्केरी हुँदा देखिएका विभिन्‍न जटिलताबाट ७३ जना सुत्केरी महिलाले मृत्यु भएको छ।

स्वास्थ्य सेवा विभागअन्तगर्तको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा मातृ तथा नवजात शिशु शाखा प्रमुख डा.पुन्या पौडेलले गत चैतदेखि साउनसम्म सुत्केरी हुँदा देखिएका विभिन्‍न जटिलताबाट ७३ जनाले मृत्यु भएको जानकारी दिएकी छन् ।

कोरोनाको डर र त्रासका कारण गर्भवतीहरु सुत्केरी हुन अस्पताल तथा स्वास्थ्य संस्थामा नजाने र घरमै सुत्केरी हुँदा मृत्यु भएको उनले बताएकी छन् । उनका अनुसार गत चैत ११ गतेदेखि जेठ मसान्तसम्म ४३ जना सुत्केरीहरुमा अधिक रक्तश्राव र कम्पनका कारण मृत्यु भएको छ ।

गर्भवती हुँदा चार पटक ४ महिना, ६ महिना, ८ महिना र ९ महिनामा गर्भ जाँच गराउनुपर्छ । तर, पछिल्लो ५ महिनामा गर्भ जाँच गर्न स्वास्थ्य संस्थामा जाने गर्भवती संख्या घटेको उनले जानकारी दिइन् । उनका अनुसार गत चैतमा गर्भजाँच गर्न स्वास्थ्य संस्थामा जाने गर्भवती २७ प्रतिशत रहेको थिए भने असारमा घटेर १३ प्रतिशत रहेको छ ।

गर्भवती महिलामा कोरोना संक्रमण देखिएमा तुरुन्तै अस्पताल तथा स्वास्थ्य संस्था जान उनले सुझाइन् । उनले भनिन्, कोरोना संक्रमित महिलाले मास्क लगाएर अन्य सुरक्षाका उपाय अपनाएर शिशुलाई स्तनपान गराउन सकिने बताएकी छन् ।

गर्भवती तथा सुत्केरीहरुलाई वाकवाकी लागेमा, टाउको दुख्‍ने, रक्तश्राव भए, ज्वरो आए, कम्पन भएमा तुरुन्तै स्वास्थ्य संस्थाहरुमा जान आग्रह उनले गरिन् । सुत्केरी हुन गर्भवती महिला अस्पताल तथा स्वास्थ्य संस्था जान उनले आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्