सरकारविरुद्ध कांग्रेस युवा नेताहरुको प्रदर्शन



काठमाडौं भदौ २१ ।

सरकारले विभिन्न परियोजनामा खुलेआम अर्बौं रकम भ्रष्टाचार गरिरहेको विरोधमा नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्णको नेतृत्वमा कांग्रेस नेताहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

नेविसंघका पूर्वध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहेका कर्णकै नेतृत्वमा माइतीघर मण्डलामा दिउँसो विरोध प्रदर्शन भएको हो । नेकपा नेतृत्वको सरकारले दैनिक भ्रष्टाचार गरिरहेको, वाइडबडी काण्डदेखि अहिल रेलको ठेक्का दिदाँसम्म पनि भ्रष्टाचार गर्दा सबै मौन बसेका बेला आफू सडकमै आएर विरोध प्रदर्शन गरेको उनको भनाई छ ।

झापाको काकरभिट्टादेखि सुनसरीको इनरुवासम्मको रेल्वे लाइन विस्तारको टेण्डर गर्दा अर्बौ भ्रष्टाचार भएको उनको भनाई छ । रेल विभागमा भएको अर्बौ भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेसको दर्जन बढी युवा नेताहरुले माइतीघरमा विरोध प्रदर्शन गर्नुका साथै सत्यतथ्य छानिबनको पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्