आईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने



एजेन्सी भदौ २१ ।

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ ।

उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ । यस्तै दोस्रो दिन नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ ।

तेस्रो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दा चौंथो खेलमा राजस्थान रोयल्सले चेन्नईसँग खेल्नेछ । यस्तै पाँचौ खेलमा कोलकत्ता नाइटराईडर्सले मुम्बईसँग खेल्नेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।

लिग चरणको २४ खेल दुबईमा हुनेछ । यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ । प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्